Section 3
बोर्डको स्थापना
(१) राष्ट्रिय स्तरमा दुग्ध व्यवसाय सम्बन्धी नीति निर्माण तथा तत्सम्बन्धी विकास योजना तर्जुमा गरी निजी क्षेत्र र सरकारी क्षेत्रको बीच सामञ्जस्य ल्याई दुग्ध उत्पादन पेशालाई बढी सवल तुल्याउन राष्ट्रिय दुग्ध विकास बोर्डको स्थापना गरिएकोछ ।
(२) बोर्डको कार्यालय काठमाडौं उपत्यकामा रहनेछ ।